
सुनसरीको दुहबीमा बसको ठक्करबाट एकको मृत्यु
- माघ १९, २०७८ मा प्रकाशित
इटहरीः सुनसरीको दुहबी नगरपालिका ६ फुटानी चौकस्थित कोसी राजमार्गमा बसको ठक्करबाट मंगलबार एक स्कुटरचालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो करिब ४ः३० बजे उत्तरबाट दक्षिण आउदै गरेको को ३६ प ५०५७ नं. को स्कुटरलाई विपरीत दिशातर्फ जाँदै गरेको को १ ख ४०४३ नं. बसले ठक्कर दिँदा स्कुटर चालक तेह्रथुमको साब्ला तुंफला ४ घर भएका ६७ वर्षीय गोपालबहादुर लेंलेखको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार
दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारार्थ कोसी अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा सोही दिन साँझ ६ः०० बजे उनको मृत्यु भएको हो ।
मृतकको शव सोही अस्पतालमा पोस्टमार्टम गरी स्कुटर, बस र बस चालक मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ बस्ने ४२ वर्षीय पूर्णबहादुर धिमाललाई ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा अनुसन्धान गरिरहेको डीएसपी तिम्सिनाले जानकारी दिए । चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments