
दुई महिनादेखि बेपत्ता व्यक्तिको टाउको कुकुरले गाउँ डुलाएपछि …
- चैत्र २५, २०८१ मा प्रकाशित

गुल्मी । गुल्मीमा दुई महिनादेखि सम्पर्कविहीन एक व्यक्तिको टाउको कुकुरले गाउँमा ल्याएको छ । कुकुरले मृतकको टाउको गाउँमा ल्याएपछि ती व्यक्तिको मृत्यु भएको खुलेको हो ।
सोमबार राति करिब साढे ९ बजेतिर गुल्मी दरबार गाउँपालिका–६ बेलपोखरी बस्ने ५५ वर्षीय रतन शाहीको अस्थिपञ्जर फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार उनी दुई महिनादेखि बेपत्ता थिए । मंगलबार बिहान प्रहरीले टाउको भएको स्थानभन्दा ५०० मिटर पर कंकाल फेला पारेको हो । त्यहाँ कपडाहरू पनि फेला परेका थिए ।
त्यही कपडाको आधारमा रतनका छोरा केहरसिंह शाहीले सनाखत गरेको प्रहरीले जनाएको छ । मृतक दुई महिनादेखि बेपत्ता थिए । उनी घरमा एक्लै बस्ने गरेको र मानसिक अवस्था पनि सामान्य नभएको प्रहरीले जनाएको छ । रतनको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धानका लागि इन्सपेक्टर भुपेन्द्र थापाको कमाण्डमा प्रहरी परिचालन भएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments