
काठमाडौंमा सहकारी र लघुवित्त पीडितको प्रदर्शन
- चैत्र २४, २०८१ मा प्रकाशित

इटहरी । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले आज (सोमबार) काठमाडौंमा प्रदर्शन गरेका छन्। बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गरेका हुन् ।
सहकारी पीडितहरुले शितल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन। उनीहरूले ‘समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरूको बचत अपचलन गर्ने ठगहरू विश्वासघातीहरूको सात पुस्ते सम्पनी जफत गरेर शिघ्र पीडितहरूलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नालायक सरकार हो’ लगायतका नारा लगाएका थिए ।
‘सहकारीको पौने तीन खर्ब रुपैयाँ खाने र सहकारीमार्फत् ठगी र संगठित अपराध गर्न विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन्’ जस्ता प्लेकार्ड पनि बोकेर नाराबाजी गरेका छन् । काठमाडौंमा अहिले विभिन्न मागसहित विभिन्न समूहको प्रदर्शन चलिरहेको छ । नयाँ बानेश्वरदेखि माइतीघरसम्मको क्षेत्र शिक्षकहरुले कब्जा गरेका छन् । माइतीघरको एउटा सानो क्षेत्रमा चिकित्सकहरु आन्दोलित छन् ।
अनि निरन्तर अर्थ समस्याले जेलिएका पीडितहरुले आन्दोलन गर्ने ठाउँ नै पाएनन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडन विरुद्ध अनिश्चितकालीन काठमाडौँ केन्द्रित आन्दोलन थालेको छ। उसले माइतीघरतिर नभइ राष्ट्रपति कार्यालयतिर आन्दोलन थालेको हो । पीडितहरु रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालय नजिकै धर्ना दिन पुगेका हुन् । निषेधित क्षेत्र भएकाले त्यहाँ पनि उनीहरुलाई सुख पक्कै भएन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments