
दुर्गा प्रसाईले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी इटहरीमा भेटियो
- चैत्र २२, २०८१ मा प्रकाशित

इटहरी । राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी प्रहरीले फेला पारेको छ । उपत्यका प्रहरी कार्यालयले प्रसाईले तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी इटहरीमा फेला पारेको हो ।
बागमती प्रदेशको बी एबी ४२०८ नम्बरको स्कोरपियो इटहरीमा भेटिएपछि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनी इटहरी हुँदै भारत भागेको आशंका प्रहरीको छ । चैत १५ मा राजावादीले गरेको प्रदर्शनका प्रसाई जनकमाण्डर थिए । उनकै कमाण्डमा गरिएको अराजक प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो ।
हिंसात्मक आन्दोलनपछि ६० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र, धवल शम्सेर जवरालगायत छन् । प्रदर्शनका क्रममा सरकार तथा निजी सम्पतिमाथि तोडफोड र आगजनी भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments