
कार्यालयमा ‘बबाल’ मच्चाउने प्रमुख प्रशासकीय अधिकृत पक्राउ
- चैत्र २०, २०८१ मा प्रकाशित

काठमाडौं । बर्दियाकोबारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य पक्राउ परेका छन्। उनलाई बारबर्दिया नगरपालिकाबाट बुधबार बेलुकी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो ।
उनीमाथि मदिरा खाएर मङ्गलबार कार्यालयमा नगर प्रमुख छविलाल थारु र उपप्रमुख रत्नकुमारी पाण्डेलाई अभद्र व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ । नगर प्रमुख छविलाल थारुसहितको टोलीले जिल्ला प्रहरी कार्यालय बर्दियामा प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई अभद्र व्यवहारको मुद्दा गर्दा गर्न आवेदन दिएको कार्यालयका प्रहरी उपरीक्षक केदार खनालले बताए ।
अत्यधिक मदिरा सेवन गरेका प्रमुख प्रशासकीय अधिकृत आचार्यले उपप्रमुख रत्नकुमारी पाण्डेलाई उपप्रमुखकै कार्यकक्षमा पुगेर गाली गर्दै हातपातको प्रयास गरेपछि इलाका प्रहरी कार्यालयले मंगलबार नै पक्राउ गरेर साँझ ‘जिम्मा जमानत’ मा छाडेको थियो । उनलाई अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउन माग गर्दै मुद्दा दायर गरिएको बारबर्दिया नगर प्रमुख थारुले बताए। आचार्यले भने पावर टेलर खरिदमा नगर प्रमुखले पाँच लाख कमिसन नपाएको झोकमा प्रहरी बोलाएको आरोप लगाएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments