•  ९ चैत्र २०८१
  •  10:37:22 AM

ज्ञानेन्द्र शाहका आपराधिक काम पूर्व पञ्चहरूले नै सार्वजनिक गरेका थिए : महासचिव पोखरेल

- चैत्र १३, २०८१ मा प्रकाशित



काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले ज्ञानेन्द्र शाह अधिराजकुमार हुँदा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम पूर्व पञ्चहरूले नै सार्वजनिक गरेका तथ्यहरूमा पढ्न पाइने स्मरण गराएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अहिले आएर स्वार्थको रोटी सेक्न पूर्व पञ्चहरूले उनको गुनगान गाउनु बेग्लै कुरा भएको टिप्पणी गरेका छन् । तर, आम जनताले त उनी अपुतालीमा राजा हुँदा समेत असहज मानेको उनले उल्लेख गरेका छन् ।

‘पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषय पूर्व पञ्चहरूले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरू पढ्न पाइन्छ । अहिले आएर स्वार्थको रोटी सेक्न पूर्व पञ्चहरूले उनको गुणगान गाउनु बेग्लै कुरा हो,’ उनले लेखेका छन्, ‘तर आम जनताले त उनी अपुतालीमा राजा हुँदा समेत असहज मानेकै हुन् ।’

Comments

सम्बन्धित खवर