•  ९ चैत्र २०८१
  •  8:11:15 AM

ललितपुरमा बहिनीलाई जिस्क्याएको निहुँमा साथीको हत्या

- चैत्र १३, २०८१ मा प्रकाशित



ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । गए राति रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार प्रहरीको टोलीले राति मुचुल्का गरी बिहीबार बिहान करिब ४ बजेतिर शव पोष्टमर्टमका लागि पाटन अस्पताल पठाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्यामा अहिलेसम्म दिपकको मात्रै संलग्नता देखिएको छ । बहिनीलाई खातीले जिस्क्याएपछि हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । दिपक पनि रामेछापकै हुन् । दुई जनाबीच पुरानो चिनजान पनि थियो । दिपककी अन्दाजी १५ वर्षकी बहिनी पनि छिन् ।

‘बहिनीलाई जिस्क्याएको भन्ने कारण देखिन्छ । पहिले पनि जिस्क्याएको रहेछ । त्यतिबेला पनि सम्झाइबुझाइ गरेको भनेका रहेछन्,’ एसएसपी श्यामकृष्ण अधिकारीले भने । आफूलाई फेरि जिस्क्याएको भनेर बहिनीले सुमनलाई बुधबार सुनाएकी थिइन् । त्यसपछि उनले रिपकलाई राति नै मन्दिरमा बोलाएका थिए । चिनजानकै भएकाले रिपक पनि मन्दिरमा आएका थिए । मन्दिरमा आएपछि उनीमाथि सुमनले खुकुरी प्रहार गरी हत्या गरेको एसएसपी अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Comments

सम्बन्धित खवर