विद्युतीय रिक्सा अटो टेम्पो मजदुर संघले नगरप्रमुखलाई बुझाए ८ बुँदे ज्ञापनपत्र
- माघ १९, २०७८ मा प्रकाशित
सप्तरी: अखिल नेपाल विद्युतीय रिक्सा अटो टेम्पो मजदुर संघ सप्तरीले मंगलबार ८ बुँदे मागसहितको ज्ञापनपत्र राजविराज नगरपालिकाका नगरप्रमुख शम्भु प्रसाद यादवलाई बुझाएका छन्।
राजबिराज राजरंगशालामा बसेको टेम्पो र विद्युतीय रिक्सा चालकहरूको भेलापछि समस्या समाधानको माग राखेर ज्ञापनपत्र बुझाएको हो।
राजविराज नगरपालिकाको विभिन्न ठाउँमा स्टेसनको व्यवस्था हुनुपर्ने,नगरपालिका भित्र रहेको फुटफाटका पसलहरू व्यवस्थित गर्नुपर्ने, छाडा पशु चौपाया नियन्त्रण गर्न कन्जी हाउस संचालन गर्नुपर्ने, नगरको सडक पेटी हटाउन ज्ञापनपत्रमा भनिएको छ।
त्यसैगरी व्यक्तिगत घर निर्माणका लागि लामो समयदेखि सडक अतिक्रमण गरि राखिएको सामाग्री हटाउन,राजविराजमा बसपार्क संचालनमा ल्याउन, राजविराज स्थित रहेको हटियाको ठेक्का लिएका ठेकेदारले समयमा काम नगरि आलटाल गरेकोले कार्वाही गर्नुपर्ने,राजविराजमा यातायात कार्यालयको शाखा संचालनका लागि पहल गर्नुपर्ने ८ बुँदे माँग राखि ज्ञापनपत्र बुझाएको कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका मधेश प्रदेश सचिव केदार देवले बताएका छन्। -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments