
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
- फाल्गुन ३०, २०८१ मा प्रकाशित

इटहरी । प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । नेपाली भाषाका उपन्यासकार तथा पद्मश्री सम्मानबाट विभूषित साहित्यकार क्षेत्रीको ९४ वर्षको उमेरमा बिहीबार राति साढे १० बजे गुवाहाटीस्थित घरमा निधन भएको छ । नेपालीभाषी भारतीय साहित्यकार रूद्र बरालले सामाजिक सञ्जालमार्फत क्षेत्रीको निधन भएको जानकारी दिएका छन् ।
क्षेत्रीको निधनसँगै नेपाली साहित्यको एक युगको अन्त्य भएको भारतीय नेपाली साहित्यकारहरुले प्रतिक्रिया दिएका छन्।भारतको असममा जन्मिएका उनको ‘बसाइँ’ उनको चर्चित उपन्यास हो । सात दशक लामो साहित्य यात्रामा उनले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार पाउन सफल भएका छन् । साहित्यकार क्षेत्रील ‘दियालो पुरस्कार’, पश्चिम बङ्गालको ‘भानु’ पुरस्कार प्राप्त गरेका छन् ।
‘ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासले साहित्य अकादमी पुरस्कार प्राप्त गर्न सफल बनेको थियो । उनी सन् २०२० मा पद्मश्री पुरस्कारले सम्मानित भएका थिए । उनका ‘अतृप्त’, ‘प्रतिध्वनिहरु विस्मृतिको’, ‘असममा नेपाली भाषाको साह्रोगाह्रो’, ‘तीन दशक बीस अभिव्यक्ति’ लगायतका आख्यान र गैरआख्यान प्रकाशित छन् । उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपालबाट भाषा–साहित्यको अथक योगदानका निम्ति २०७२ सालमा जगदम्बा पुरस्कार पाएका थिए । उनका श्रीमती, दुई छोरा र छोरी छन् ।
असममा जन्मिर सिलाङमा बाल्यकाल बिताएका उनको पढाइ बङ्गला, नेपाली र अङ्ग्रेजी माध्यममा भएको थियो ।उनले गुवाहाटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नातकोत्तर गरेर गुवाहाटीकै आर्यविद्यापीठ कलेजमा अध्यापन गरे । विद्यालयमै पढ्दादेखि साहित्य साधनामा लागेका क्षेत्रीको पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ १६ वर्षको उमेरमा प्रकाशित भयो भने पहिलो उपन्यास ‘बसाइँ’ २४ वर्षको उमेरमा सन् १९५७ मा प्रकाशित भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments