
आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी
- फाल्गुन ३०, २०८१ मा प्रकाशित

इटहरी । समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ । यही १५ गते काठमाडौंमा हुन लागेको विरोध सभाको तयारीका लागि बैठक बसेको मोर्चाका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए । यसअघि चैत २४ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित भएको छ । मोर्चाले भोलि बिहान बौद्धिक वर्गसँग अन्तरक्रियाको कार्यक्रम राखेको छ ।
फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सल्बलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन विरोधसभाको कार्यक्रम राखिएको जनाएको थियो । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित छैनन् ।
बैठकमा माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी छन् । एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल सहभागी छन् । यस्तै नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्द सहभागी छन् । यसैबीच, मोर्चा घटक नेकपा एकीकृत समाजवादीले आज आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
सरकार सुशासन कायम गर्न असफल भएको र पुनरुत्थानवादीहरु सल्बलाएको भन्दै त्यसविरुद्ध समाजवादीले आन्दोलन गर्न लागेको हो । आज दिउँसो १२ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने केन्द्रीय आन्दोलन संयोजन कमिटीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको भिडपछि अहिले विपक्षी मोर्चा पनि आफ्नो शक्ति प्रदर्शनका तयारीमा रहेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments