
शेख हसिनासहित शाखा सन्तानकै सबै सम्पत्ति जफत गर्न अदालतको आदेश
- फाल्गुन २८, २०८१ मा प्रकाशित

एजेन्सी । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनासहित उनका शाखा सन्तानकै सम्पत्ति जफत गर्न अदालतले आदेश दिएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार बंगलादेशको अदालतले हसिना र उनका छोरा, छोरी बहिनीसम्मको सम्पत्ति जफत गर्न र बैंक खाता रोक्का गर्ने आदेश दिएको हो।
हसिनाका साथै उनका छोरासहित धेरै आफन्तको सम्पत्ति जफत गर्न आदेश दिइएको छ। पूर्वप्रधानमन्त्री हसिना हाल भारतको शरणमा छिन्। ढाकाको एक अदालतले हसिनाको धानमण्डीस्थित निवास ‘सुधा सदन’ र अन्य सम्पत्ति जफत गर्न आदेश दिएको छ।एक अधिकारीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार अदालतले उनको परिवारसँग जोडिएका १२४ बैंक खाता जफत गर्न पनि आदेश दिएको छ।
ढाका महानगरका वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले मंगलबार त्यस्तो आदेश जारी गरेका हुन्।एसीसी अर्थात् भ्रष्टाचार विरोधी आयोगले दायर गरेको निवेदनपछि अदालतले हसिना र उनका आफन्तलाई कारबाही गर्न आदेश दिएको हो।अदालतले उनका छोरा साजिब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र छोरीहरू टुलिप सिद्दिकी र रदवान मुजिब सिद्दिकीको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ।
बंगलादेशका विद्यार्थीहरूको विशाल आन्दोलनले गत वर्ष अगस्ट ५ मा हसिना १५ वर्षदेखिको सत्ता त्याग्दै देशै छाडेर भाग्न बाध्य भएकी थिइन्।त्यसको ३ दिनपछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments