
वीर अस्पतालका प्रमुख बस्नेतको बढुवा बदर, लाेकसेवाले रद्द गरेकाे विज्ञापनमा गरिएकाे थियाे बढुवा
- माघ १८, २०७८ मा प्रकाशित
काठमाडौं: कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)का निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्रकुमार बस्नेतको बढुवा रद्द भएको छ ।
२१ पुसमा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको बैठकले डा बस्नेतलाई स्वास्थ्य सेवा अन्तर्गतको मेडिसिनरग्याष्ट्रोइन्टेरोलोजी समूह, प्रमुख कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पदमा एघारौँ तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
तर, लोकसेवा आयोगले १५ कात्तिकमा रद्द गरेको विज्ञापनमा उनलाई बढुवा सिफारिस भएको पाइएपछि १४ माघमा सिफारिस रद्द गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार सूचना जारी गर्दै भनेको छ, ‘२१ पुसमा भएको बढुवासम्बन्धी निर्णय बदर भएकाे छ ।’
आयोगले रद्द गरिसकेको विज्ञापनमा बढुवा समितिको सचिवालयले २३ पुसमा कार्यसम्पादन मूल्यांकनमार्फत बढुवाका लागि भन्दै सूचना जारी गरेको थियो । सोही अनुसार बस्नेत बढुवाका लागि सिफारिसमा परेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments