
ब्रेकिङ : हलेशी बजारमा लागेकाे आगो नियन्त्रण बाहिर : दिक्तेलबाट थप टोली जाँदै
- फाल्गुन ४, २०८१ मा प्रकाशित

इटहरी । खोटाङको हलेसी बजारमा लागेको आगो अरु घरमा पनि फैलिएको छ। पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट फैलिएको आगो निभाउन स्थानीयले प्रयास गरिरहेको भए पनि थप दुई घरमा फैलिएको स्थानीय खेमराज कार्कीले जानकारी दिए।
होटल हलेशी दर्शन रहेका प्रकाशचन्द्र गिरी र ओइराख राईको कल्याण होटलमा पनि आगलागी भइरहेको छ। पदम राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि पूर्णरुपमा जलेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतिक विष्टले सदरमुकाम दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको टोली जाँदै गरेको बताए।
‘टोली यहाँबाट मूभ भइसकेका छौँ। तर त्यहाँ पुग्ने समय लाग्छ। जेसीबी पनि खोज्दै छौँ, सबै कुरा म्यानेज गर्दै जाँदैछौँ’, डीएसपी विष्टले भने। अहिले स्थानीयले घरघरमा रहेका रिजर्भ ट्यांकीबाट पानी तानेर आगो निभाउने प्रयास गरिरहेका छन्। आगो नियन्त्रणबाहिर छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments