•  ९ चैत्र २०८१
  •  12:26:31 PM

आगलागीमा घाइते शानदार मःमका दुई कामदारको मृत्यु

- माघ २९, २०८१ मा प्रकाशित



काठमाडाैं । आगलागीमा घाइते भएका कमलपोखरीस्थित शानदार मःम पसलका दुई कामदारको मृत्यु भएको छ। उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा रबिन राई र भिमबहादुर घलेको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराकाअनुसार राईको सोमबार र घलेको मंगलबार मृत्यु भएको हो। गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए । जसमध्ये सात जना गम्भीर घाइते भएका थिए ।

Comments

सम्बन्धित खवर