
बालेनलाई अमरेशको चेतावनी : गरिबमाथि होइन, हिम्मत भए सिंहदरबारमा डोजर चलाउ
- माघ २८, २०८१ मा प्रकाशित

इटहरी । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को शैली जर्मनका तानशाह हिटलरको जस्तो भएको टिप्पणी गरेका छन् । उनले नाजीवादी शासनको परिकल्पना नगर्न बालेनलाई चुनौती समेत दिए ।
सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले कवाड व्यवसायीमाथि डोजर चलाएर काठमाडौंका मेयरले हिटलरको शैली अपनाएको आरोप लगाएका हुन् । ‘काठमाडौंको मेयर कुन तानाशाह भएर निस्केको छ ? नाजीवाद र फासीवादको शुरू हुन लागेको हो ?’ सांसद सिंहले भने, ‘हिम्मत छ भने संसद् भवन र सिंहदरबारमा डोजर चलाएर देखाउ, गरिबमाथि होइन ।’
संघीय राजधानी सबै जातजाति, भाषाभाषीको भएकोले बालेनले अत्याचार गर्न नपाउने उनले बताए । काठमाडौं महानगरले कवाड व्यवसायीमाथि हिजो गरेको हस्तक्षेपमा केही मजदुर घाइते भएका छन् । आफूहरूलाई विस्थापित गर्न लागेको भन्दै कवाड व्यवसायीले आन्दोलन गरिरहेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments