
सुन्दरहरैंचामा विराट एक्स्पो हुँदै : ३ लाख बढी पर्यटक भित्रिने अनुमान, ५ करोडको कारोबार लक्ष्य
- माघ २७, २०८१ मा प्रकाशित

इटहरी । मोरङको सुन्दरहरैंचामा आगामी माघ ३० गतेदेखि फागुन १० गतेसम्म चौथो संस्करण विराट एक्स्पो हुने भएको छ।
आईतबार एक्स्पो प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघ मोरङको आयोजनामा हुन लागेको चौथो संस्करणको विराट एक्स्पो २०८१ लाई भव्य र सभ्य बनाउन विभिन्न समिति तथा उपसमिति बनाई काम अघि बढाइएको पत्रकार सम्मेलनमा बताइएको छ।
एक्स्पोको सबै तयारी सकिएको र स्टल निर्माणको काम धमाधम चलिरहेको बताइएको छ। एक्स्पोमा २ सयभन्दा बढी स्टलहरू रहने, दैनिक राष्ट्रिय स्तरका कलाकारहरूको साथै स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने जनाइएको छ। एक्स्पोमा स्थानीय स्तरबाट उत्पादन भएका कृषि सामग्री, अटो, मोबाइल, स्वदेशमै उत्पादन भएका लत्ता-कपडा, खाद्यान्न, केही इलेक्ट्रोनिक्स र विभिन्न जातजातिका परिकारहरूको स्टल रहने जनाइएको छ। नौ दिनसम्म चल्ने एक्स्पोमा दैनिक सम्बन्धित विज्ञहरूबाट सचेतना कार्यक्रम पनि गरिने पत्रकार सम्मेलनमा जनाइएको छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सार्वजनिक शौचालय निर्माण अभियानअन्तर्गत हाल २ वटा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको, २ वटा निर्माण कार्यको अन्तिम चरणमा पुगेको र बाँकी ४ वटा शौचालय निर्माणको उद्देश्य राखी सुन्दरहरैंचा विराट एक्स्पो–४ सञ्चालन गर्न लागिएको पनि पत्रकार सम्मेलनमा बताइएको छ।
आर्थिक एवं औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ “सुन्दरहरैंचा विराट एक्स्पो–४” को तयारी तीव्र बनाइएको एक्स्पोका मुख्य प्रायोजक तथा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भोलेश्वर दुलालले बताए।
एक्स्पोमा ३ लाख ५० हजारभन्दा बढी आन्तरिक पर्यटकहरू भित्रिने अनुमान गरिएको र त्यहाँबाट संकलित रकम सार्वजनिक शौचालय निर्माण अभियानकै लागि खर्च गरिने मुख्य प्रायोजक दुलालले बताए। एक्स्पो मनोरञ्जन र व्यापारका लागि मात्र नभई विद्यार्थी लक्षित कार्यक्रमहरू राखिएकाले धेरै उपयोगी र ज्ञानवर्दक रहने आयोजक समितिका अध्यक्ष नारायण कार्कीले बताए।
कोशी प्रदेश सरकारले वर्ष २०८२ लाई पर्यटन वर्षको रूपमा मनाउने तयारी गरिरहेको बेला आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो एक्स्पो आयोजना गरिएको अध्यक्ष कार्कीले बताए। एक्स्पोमा ५ करोडको कारोबार हुने अनुमान गरिएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments