
टायर पन्चर भएर चितवनमा बस पुलबाट खस्दा घाइते हुनेको संख्या २५ पुग्यो
- माघ २७, २०८१ मा प्रकाशित

चितवन । नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु।प्र ०३-००१ ख ००७७ नम्बरको बस आइतबार (आज) बिहान ४:३० बजेतिर नारायणगढ-मुग्लिन सडकअन्तर्गत सेतीदोभान पुलबाट खसेको हो।
दुर्घटनामा बसमा सवार ३० जनामध्ये २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए।उनका अनुसार घाइतेलाई चितवन मेडिकल कलेज लगिएको छ भने अवस्था सामान्य छ।
टायर पन्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको डीएसपी महतोले बताए।घाइतेहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments