
आजकाे माैसम : कोसी प्रदेशको हिमाली क्षेत्रमा हिमपात ,अन्य प्रदेसकाे अवस्था कस्ताे ?
- माघ २७, २०८१ मा प्रकाशित

इटहरी । आज (आइतबार) देशका पाँच प्रदेशका हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार-दिउँसो कोसी प्रदेशको हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। राति पनि हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।-यस्तै दिउँसो बागमती प्रदेशको हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। राति भने यो प्रदेशमा हिमपातको सम्भावना छैन।
-दिउँसो गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। यस्तै राति पनि सो प्रदेशको हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। -दिउँसो कर्णाली प्रदेशको हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। राति पनि सो प्रदेशको हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
-यस्तै दिउँसो सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। रातिलाई भने सो प्रदेशमा हिउँ पर्ने सम्भावना छैन। यसबाहेक अन्य प्रदेशमा भने मौसम बदली (आकाशमा बादल) भए पनि हिमपात वा वर्षाको सम्भावना नरहेको मौसम महाशाखाले जनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments