•  ९ चैत्र २०८१
  •  4:20:11 PM

इटहरी उपमहानगर : कर्मचारी सरूवा बदर गर्ने र खड्कालाई माफी माग्न लगाउने सहमति

- माघ २४, २०८१ मा प्रकाशित



इटहरी  । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र नेकपा एमालेका जनप्रतिनिधि बिचको विवाद तत्काललाई समाधान भएको छ । मेयर पौडेलको कार्यकक्षमा ताला लगाउने तयारी गरेको एमाले जनप्रतिनिधि सँगको मौखिक सहमतिमा विवाद समाधान भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता बिदामा बसेकाले आइतबार लिखित सहमति गर्ने प्रतिबद्धता सहित बिहीबारको वार्ता टुङ्गिएको हो । मेयर पौडेलले एकलौटी रूपमा कर्मचारी सरुवा गरेको र प्रशासन प्रमुख सञ्जीव खड्काले अटेर गरेको भन्दै रुष्ट रहेको एमाले सहमतिमा आएको छ।

कर्मचारी सरुवा बदर गर्ने र अधिकृत खड्कालाई माफी माग्न लगाउन मेयर तयार भएपछि सहमति भएको उपमेयर सङ्गीता चौधरीले बताइन् । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेको कारण तत्काल कागजी रूपमा सहमति बाहिर ल्याउन नसकिएको हो । पुरानो भुक्तानी दिने र नयाँ योजना सुरु गर्ने विषयमा मेयर सकारात्मक रहेको बताउँदै उनले आइतबारबाट योजना सुरु गर्ने पत्र सम्बन्धित शाखा र वडामा पुग्ने जानकारी दिइन् ।

प्रशासन प्रमुख खड्का र उपमेयर चौधरी सहित एमाले जनप्रतिनिधि बिचको विवादले उग्र रूप लिएपछि उपमहानगरपालिकामा लफडा भएको हो । प्रशासन शाखामा एमालेले लगाएको ताला मेयरको निर्देशनमा फोडिएको भन्दै एमाले मेयर पौडेलप्रति आक्रोशित बनेको थियाे ।

Comments

सम्बन्धित खवर