•  ९ चैत्र २०८१
  •  5:27:33 PM

छलफलबाट निस्कर्ष ननिस्किएपछि उपमहानगरको प्रशासन शाखामा लगाइएको ताला जनप्रतिनिधिले फुटाए

- माघ २३, २०८१ मा प्रकाशित



इटहरी  । इटहरी उपमहानगरपालिका अन्तरगत प्रशासन शाखामा लगाइएकाे ताला बुधबार जनप्रतिनिधीकाे र पत्रकारकाे राेहबरमा फुटाइएकाे छ । ताला फुटाएसंगै बिगत १३ दिन देखि ठप्प बनेकाे शाखाले बुधबारबाटै काम सुरू गरेकाे छ । प्रसाशनमा ताला लाग्दा सेवाग्राहिहरूकाे काम राेकिएकाे थियाे भने कर्मचारीहरू अन्यत्रै बस्नुपर्ने बाध्यता थियाे ।

उपमहानगरमा  उपमेयर संगीता चाैधरी र वडाध्यक्षहरूले गत माघ  ११ गते शुक्रबार प्रसाशन शाखामा ताला लगाएका थिए । जानकारी नै नदिइ वडा कार्यालयहरूकाे सृभर डाउन गरेकाे भन्दै उपमेयर सहितकाे टाेलीले प्रसाशन प्रमुख सञ्जिव खडका सहितकाे प्रसाशन शाखामा ताला लगाइएकाे थियाे ।

 

बुधबार इटहरी वडा नं ६ का वडा सदस्य दिनेश प्रधान सहितकाे समुहले ताला फाेडे संगै नियमीत काम सुचारू भएकाे हाे । शाखाकाे ताला खुले संगे नियमीत काम सुचारू भइसकेकाे र अब कुनै सेवाग्राहिहरू रित्तै फर्कनु नपर्ने सामानय प्रसाशन महाशाखा प्रमुख दिपक पाैडेलले बताए ।

स्थानिय सरकार प्रत्यक्ष जनता संग जाेडिएकाेले हरेक नागरिककाे पिडा बुझेर काम गर्नुपर्ने हुन्छ । उपमेयर र कर्मचारी बिचकाे बिवाद हुदा नगरवासिले दुख पाउनु हुदैन भन्नेकुरालाइ मध्यनजर गर्दै प्रसाशनमा लगाइएकाे ताला फाेडिएकाे वडा नं ६ का वडाअध्यक्ष दिवश पाेख्रेलले बताए ।

त्यस्तै वडा सदस्य दिनेश प्रधानले एक जना कर्मचारिकाे विषयलाइ लिएर २० वटै वडालाइ हानी पुग्नेगरी शाखामा ताला लगाइनु अमान्य रहेकाे उल्लेख गरे । उनले यत्राे दिन छलफलबाट पनि बिवाद नटुंगिएपछि बाध्य भएर ताला फाेडेर काम सुचारू गर्नुपरेकाे बताए ।

Comments

सम्बन्धित खवर