•  ९ चैत्र २०८१
  •  5:32:57 PM

इटहरीका टप व्यवसायीलाई राजस्वको पत्र , उवासंघको लापरवाहीले २४०० भन्दा बढी व्यवसायी संकटमा : ५८ सालदेखि कर नतिर्ने काे काे ?

- माघ २३, २०८१ मा प्रकाशित



इटहरी । इटहरी क्षेत्रका व्यवसायीहरू अहिले त्रसित छन । कारण हो आन्तरिक राजस्व कार्यालय इटहरीले पठाएको एउटा पत्र, जसमा भारी छुट सहितको कर चुक्ता गर्न भनिएको छ । इटहरी उपमहानगरपालिकाका ७ हजार बढी व्यवसायीहरूलाई एउटै व्यहोराको पत्र राजस्वले पठाएको छ । जसमा कसैको ५८ साल देखि लाखौँ रकम कर नबुझाएको, कसैको ६५ साल उता व्यवसाय दर्ता गरेको तर, कुनै प्रकारको शुल्क नबुझाएको उल्लेख छ ।

राजस्वको एक पत्रले ५ दिन यता नगरका व्यवसायीहरू त्रसित भएका छन् ।केही व्यवसायीले भने आफ्नो नाममा फर्म रहेकाे भर्खरै जानकारी पाएकाे बताउदै आफु करकाे दायरामा आउन तयार रहेकाे भन्दै राजस्व कार्यालय समक्ष धन्यवाद प्रकट पनि गरेका छन । यता केहि ब्याक्तीकाे नाममा फर्म खुलेकाे जानकारी नै छैन उनिहरू नेपाल बाहिर रहेकाेले कुने पनि कर नतिर्ने जस्ले खाेलिदिएकाे हाे उसैलाइ भन्नु भनेर जवाफ पठाएका छन ।

क–कसको नाममा छ पत्र ?

सुनसरीको इटहरी उपमहानगर क्षेत्रका ठूला व्यवसायीहरूले वर्षौंदेखि व्यावसायिक कर तिर्न अटेर गरेको भन्दै राजस्वले एकै पटक ७ हजार व्यवसायीलाइ पत्र काटेको छ । कार्यालयले इटहरीको गोरखा डिर्पार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य देखि सामाजिक संघ संस्थाका प्रतिनिधि र केहि मिडिया हाउस सम्मले कर नबुझाएको भन्दै उनीहरूको नाममा पत्र पठाएको हो । आन्तरिक राजस्व कार्यालय इटहरीले शुल्क नबुझाउने ७ हजार बढी व्यवसायी र उनिहरूको फर्मलाइ पत्र काटेर फागुन मसान्त भित्र भारी छुटका साथ कर बुझाउन आग्रह गरेको छ ।

इटहरी उपमहानगरपालिका वडा नं ६ मा मात्रै १९२१ वटा व्यावसायिक फर्मलाइ राजस्वले पत्र काटेर समयमै कर बुझाउन ताकेता गरेको हो । कार्यालयले फागुन मसान्त भित्र कर चुक्ता गरे भारी छुटको व्यवस्था गरेको जनाएको छ । कार्यालयले इटहरी ६ स्थित गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलाराम आचार्यको नाममा रहेको गोरखा रोयल स्टेट एण्ड हाउजिङ सोलुसनलाई पनि पत्र काटेको छ । आचार्यको हाउजिङले ७२ साल यता कुनै पनि व्यावसायिक कर कार्यालयमा दाखिला नगरेको राजस्वको पत्रमा उल्लेख छ ।  त्यस्तै, राजस्व कार्यालयले आचार्यकी पत्नी अञ्जु खत्री (आचार्य)को नाममा रहेको गोरखा ट्रेड एन्ड सप्लायर्सको नाममा पत्र काटेर ताकेता गरेको छ । उनले ७४ साल यता व्यवसाय दर्ता गरेपनि कुनै कर नबुझाएपछि पत्र जारी गरेको राजस्व कार्यालय इटहरीले जनाएको छ ।

इटहरीको गणेश ग्लास हाउसका नाममा पनि राजस्वले पत्र काटेको छ । उनले ५८ साल यता कुनैपनि कर नबुझाएको भन्दै १३ लाख १७ हजार १८७ रुपैयाँ बुझाउनुपर्ने कार्यालयले देखाएको छ । त्यस्तै, इटहरी उपमहानगर वडा नं ६ का राजन भट्टराईको नाममा रहेको सर्वेका सप्लायर्सलाइ पनि राजस्वले पत्र काटेको छ । सप्लार्यसले ६५ साल देखि कुनै व्यावसायिक कर नबुझाएको भन्दै २ लाख ६२ हजार ६१३ रुपैयाँ जसमा भारी छुटको व्यवस्था गर्दा ७१ हजार ५ सय रूपैयाँ बुझाउन अनुरोधसहित पत्र काटेको हो ।

कार्यालयले केशवकुमार विस्टको नाममा सञ्चालित मिनी म्याक्स अफसेट प्रेस, हामनाथ खनालको सुनसरी कलर ल्याव, रेवतीरमण दुलालको कोशी होटल एण्ड इन्टरटेनमेन्ट, सञ्जोग पराजुलीको तिरूपति अटो सिटी, विद्यापती घिमिरेको कोशी ट्रक व्यवसायी संघ, पूर्वाञ्चल कन्डम हाउस,  बिवाकुमारी मगरको होटल कञ्चनजंघा, इटहरी राइस मिल, न्यू पृथ्वी गेस्ट हाउस, सुनसरी केवल नेटवर्क, पशुपति केवल नेटवर्क, के एस ट्रेडस लगायतको नाममा पनि पत्र काटेर समयमै राजस्व दाखिला गर्न अनुरोध गरेको छ ।

के भन्छन मुख्य कर अधिकृत ? 

यता आन्तरिक राजस्व कार्यालय यटहरीका मुख्य कर अधिकृत लवकुमार अधिकारीका अनुसार आर्थिक ऐन २०८१ अनुसार अहिले करमा भारी छुटको व्यवस्था रहेकोले यो अवसरको लाभ उठाउन व्यवसायीहरूलाइ अनुरोध गरेका छन् । उनले समयमै कर नबुझाए राज्यबाट प्राप्त सेवा सुविधा रोक्ने देखि कालो सूचीमा नाम राख्ने पनि बताए । कर अधिकृत अधिकारीकाअनुसार अधिकांशले फर्म दर्ता गरेर लागत कट्टा नगरेकोले सो समस्या देखिएको तर, फागुन मसान्त भित्र एक मौका व्यवसायीहरूलाई प्रदान गरेकोले उनीहरूले सो अवसरको फाइदा लिन सक्छन् ।

आन्तरिक राजस्व कार्यालय इटहरीले आफ्नो क्षेत्रमा रहेर व्यवसायी गर्ने तर, कर तिर्न आनाकानी गर्ने सुनसरीको २४ हजार ७५८ वटा व्यावसायिक फर्मलाइ यो अवसरको फाइदा उठाउन र समयमै कर बुझाउन अनुरोध सहितको अभियान नै सञ्चालन गरेको मुख्य कर अधिकृत लव कुमार अधिकारीले मध्यान्हलाई बताए । उनले ५८ साल देखि कर नबुझाएको तर, ०७१÷७२ मा बुझाएको वा त्यो भन्दा पछि पनि बुझाएको प्रमाण पेस गरे त्यस अगाडिका सबै शुल्क मिनाहा गरिने पनि उल्लेख गरेका छन् ।

वडाध्यक्ष पाेख्रेलले विवरण दिन मानेनन् 

यसैबीच इटहरी उपमहानगरपालिका ६ नं वडा कार्यालयका वडाध्यक्ष दिवश पोख्रेलले राजस्व कार्यालय इटहरीले वडामा ल्याएर चिट्ठी छोडेपछि सोही कार्यालयबाट सम्बन्धित ब्याक्तीहरूलाइ बोलाएर पत्र हात लगाइदिने गरेको बताए । उनले व्यावसायिक फर्म दर्ता गरेको तर, बन्द नगरेको या अहिले पनि चालु अवस्थामा रहि राज्यलाइ बुझाउनुपर्ने कर अहिलेसम्म नबुझाएकोले राजस्व कार्यालयले भारी छुटको व्यवस्था सहित सबैलाइ पत्र काटेर कर दाखिला गर्न अनुरोध गरेको जसमा वडाले समन्वय गरेको उल्लेख गरे । पत्र काटिएका व्यक्ति तथा फर्महरूले फागुन मसान्तसम्ममा कुनैपनि कर चुक्ता नगरे राज्यबाट पाउने कुनै प्रकारको सेवा सुविधा नपाउने कानुनी प्रावधान रहेको उनले मध्यान्हलाई बताए ।उनले कसकाे नाममा कती शुल्क तिर्न बाकी साे काे विवरण भने खुलाउन मानेनन ।ब्यवसायीकाे मान प्रतिस्ठाकाे ख्याल गर्दै साे विवरण नदिने उल्लेख गरे ।

पुराना नेतृत्वले दर्ता गराएका फर्मलाई पनि पत्र 

उद्योग वाणिज्य संघ इटहरीका तत्कालीन अध्यक्ष रोहित प्रसाइ, निलम बस्नेत र भिम पौडेलले निर्वाचनको बेला न्यून शुल्कमा दर्ता गरिदिएको फर्मका सञ्चालकहरू अहिले संकटमा देखिएका छन् । निर्वाचनको समयमा व्यवसायीहरूलाइ आफ्नो पडकमा ल्याउन तत्कालीन नेतृत्वले दर्ता गरिदिएका फर्म सञ्चालकहरूलाई राजस्वले पत्र काटेपछि उनीहरू संकटमा परेका हुन् । दर्ता भएका अधिकांश फर्म सञ्चालक नेपाल बाहिर रहेका छन तर फर्म बन्द नगर्दा राजस्वले उनिहरूलाइ पनि कर बुझाउन ताकेता गरेको छ ।उवासंघ इटहरिका तत्कालिन अध्यक्ष राेहित प्रसाइका पालामा दर्ता भएका ७४ वटा फर्म , निलम बस्नेतकाे पालामा दर्दा भएका १०२ भिम पाैडेलकाे पालामा दर्ता भएकाे १९६१ रवर्तमान अध्यक्ष जिवन पराजुलीकाे पालामा दर्ता भएका ४२३ वटा व्यवसायीक फर्महरूलाइ राजस्वले पत्र काटेर ताकेता गरेकाे हाे ।

तत्कालिन अध्यक्ष प्रसाइ , बस्नेतकाे पालामा दर्ता भएका फर्मका सञ्चालकहरू हाल राजस्वकाे सम्पर्क बाहिर छन भने पाैडेल र पराजुलीकाे नेतृत्वले दर्ता गराइदिएकाे फर्मका सञ्चालक केहिले अझैपनि ब्यवसाय चालु अवस्थामा राखेका छन त केहीलाई आफ्नो नाममा फर्म खुलेकाे सम्म जानकारी सम्म छैन ।

कर कार्यालयकाे पत्र अवैज्ञानीक : अध्यक्ष पराजुली 

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले राजस्व कार्यालयले पठाएको पत्र अव्यवहारिक र अवैज्ञानिक रहेको आरोप लगाए । कोरोनाकाल यता इटहरीको व्यवसायहरू धरासयी भइरहेको बेला राज्यको निकायबाट यस्तो खालको व्यवहार व्यवसायीहरूलाइ अमान्य हुने उल्लेख गरे । उनले अघिल्लो नेतृत्वले चुनावको बेला भटाभट दर्ता गरेका फर्महरू आफ्नो नेतृत्वमा विवरण हेर्दै धेरैजसोको बन्द गरिसकेको र थोरैको अवस्था हेरेर नवीकरण समेत गरिसकेको बताए । उनले राज्य सँग बाझेर भन्दा पनि समन्वय गरेर अघि बढ्ने बताउँदै राजस्वको पत्रअनुसार फर्महरू हेरेर व्यवसायीहरूलाई कर नबुझाएको हो भने बुझाउन र बुझाएको हो भने स–प्रमाण सहित कार्यालयमा पुग्न भनिसकेको पनि बताए ।

Comments

सम्बन्धित खवर