
महिला क्रिकेटमा नेपालको लगातार चौंथो हार
- माघ २२, २०८१ मा प्रकाशित

इटहरी । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार चौंथो हार बेहोरेको छ। आज (मंगलबार) को खेलमा थाइल्याण्डले नेपाललाई पाँच पराजित गरेको छ । थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।
नेपालका शीर्ष क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका रुबिना क्षेत्रीले २६, कविता जोशीले २४, रोमा थापाले नटआउट १९, पूजा महतोले १८ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । थाइल्याण्डकी थिपाचा पुथावोङ्गले ४ विकेट लिइन् ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन बनायो । थाइल्याण्डका चानिदा सुथिरुआङ्गले २७, थिपाचा पुथावोङ्गले २५ रन बनाए । थाइल्याण्डले ५६ रनमा ६ विकेट गुमाएको अवस्थामा सातौं विकेटका लागि चानिदा र थिपाचाले नटआउट ५० रनको साझेदारी गरे । नेपालकी मनिषा उपाध्यायले ३ विकेट लिइन् ।
नेपालले यसअघि नेदरल्याण्ड्ससँग २ पटक र थाइल्याण्डसँग एक पटक पराजित भएको थियो । थाइल्याण्ड चार वटै खेल जित्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्याण्ड्स चार खेलमा चार अंकसहित दोस्रो स्थानमा छ । नेपाल अंकविहीन हुँदै पुछारमा छ । प्रतियोगितामा भोलि नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments