
देशैभर मौसम बदली, काेशी प्रदेशमा बढयाे चिसाे , पहाडमा हिमपात , तराइमा हुस्सु
- माघ २२, २०८१ मा प्रकाशित

इटहरी । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मौसम बदली भएको मौसमविदले जनाएका छन् । आज (मंगलबार) देशका अधिकांश भू–भागमा मौसम बदली भएको छ । आज मुख्यतया सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । तराईका केही स्थानहरूमा हुस्सु / कुहिरो लागेको छ ।
तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ । देशको बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विराटनगरमा बिहान पौने ६ बजेको भिजिविलिटी १०० मिटर छ । नेपालगञ्ज र धनगढीको समान दुई हजार मिटर भिजिविलिटी छ । भैरहवाको २५ सय र सिमराको चार हजार मिटर भिजिविलिटी रहेको विभागले जानकारी दिएको छ । दिउँसोसम्म तराईका क्षेत्रमा लागेको हुस्सु र कुहिरो हट्नेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली र उच्च पहाडी भू–भागमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अन्य प्रदेशमा पनि सामान्य बदली भए पनि वर्षा र हिमपातको भने सम्भावना छैन । बुधबार पनि मौसम बदली हुने सम्भावना छ ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसैबीच, काठमाडौंमा आज दिनभर आंशिक बदली हुनेछ । विभागले बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको जनाएको छ । दिउँसो बढेर २२ देखि २२ डिग्री सेल्सियससम्म पुग्नेछ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments