
रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवनमा मुद्दा दर्ता हुँदै
- माघ २१, २०८१ मा प्रकाशित

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज (सोमबार) ठगीको मुद्दा दर्ता हुने तयारी भइरहेको छ । प्रहरीको अनुसन्धान र तिनका प्रमाणहरूको आधारमा सरकारी वकिल कार्यालयले आज ती व्यक्तिहरुविरुद्ध ठगी र संगठित अपराधको आरोपमा मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाले गरेको ठगीको आरोपमा पूर्व उपप्रधानमन्त्री र गृहमन्त्री समेत रहेका लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दर्ता हुनेछ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल चितवनमा रहेको कारण मुद्दा दर्ता केही ढिला हुने सम्भावना रहेको छ ।
चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि तथ्यांक नमिलेको कारण अनुसन्धान प्रक्रिया पुनः गर्न निर्देशन दिएको थियो, जसका आधारमा फाइल प्रहरीको कार्यालयमा फर्काइएको थियो । प्रहरी कार्यालयले पुनः प्रक्रिया मिलाएर फाइल सरकारी वकिल कार्यालयमा एक साता अगाडि पठाएको थियो । अनुसन्धान प्रतिवेदनमा लामिछाने, उनका व्यावसायिक साझेदार एवं नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ ।
बचतकर्ताहरूले ३८ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए । उक्त रकम पनि ती प्रतिवादीहरूबाट भराउनुपर्ने प्रहरीको राय छ । यस्तै सहकारीबाट जीबी राईसहितका प्रतिवादीका नाममा रहेका विभिन्न ६ वटा कम्पनीमा गैरकानुनी तरिकाले ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ गएको निष्कर्ष प्रहरीले निकालेको छ ।
रवि प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख रुपैयाँ गएको छ । यो बिगो रविसहित गोरखा मिडियाका चार जना सञ्चालकका नाममा कायम गरिएको छ । जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख, नेचर हब्र्समा ९ करोड ७३ लाख र बाँकी रकम स्प्रिङ उड रियलस्टेट एन्ड हाउजिङ प्रालि र नेचर नेस्ट कम्पनीका नाममा गएको पाइएको छ ।
यसमध्ये कसलाई कति बिगो कायम गर्ने भन्ने जिल्ला सरकारी वकिल कार्यालयले अन्तिम टुंगो लगाउने छ । उनीहरूलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीको राय छ । यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments