•  ९ चैत्र २०८१
  •  7:34:06 PM

माया घर नेपाललाई नेपाल प्रहरीले २०५८ ब्याजीद्वारा खाद्यान्न वितरण

- माघ २१, २०८१ मा प्रकाशित



इटहरी । नेपाल प्रहरीको प्रहरी जवान आधारभुत तालिम १०० औ टोली २०५८ को एक समुहले इटहरिको माया घर नेपाललाइ बिभिनन खाद्यन्न सामग्री प्रदान गरेको छ । संस्थाको २३ औ वार्षिकोत्सवको अवसर पारेर सो खादयन्न सामग्री बितरण गरेको हो । मोरङको गोकर्ण रिसोर्टमा आयोजित कार्यक्रम बिच माया घरकी अध्यक्ष सुभद्रा प्याकुरेललाइ सो सामग्री हस्तान्तरण गरिएको थियो ।

नेपाल प्रहरीमा ५८ साल देखि जागिर खाइ अवकास प्राप्त प्रहरीहरूको भेलाले बिभिन्न समयमा सामाजिक कामलाइ प्रोत्साहन दिदै आएको छ । वार्षिकोत्सवमा हुने फजुल खर्च जोगाएर सामाजिक काम अन्तरगत माया घरलाइ खाद्यन्न बितरण गरिएको कार्यक्रमका अध्यक्ष नेपाल प्रहरीको प्रहरी जवान आधारभुत तालिम १०० औ टोली २०५८ को अध्यक्ष दोर्जे लामाले बताए ।

खाद्यन्न सामग्री ग्रहण गर्दै माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले माया घरको वर्तमान अवस्था , संस्थाले भोग्दै आएको समस्या , चुनौती र भावी योजनाको बारे छोटकरीमा बताइन । उनले दाताहरूकै सहयोगमा सञ्चालन भइरहेको माया घर प्रति माया देखाएर सहयोगी हात अघि बढाएकोमा प्रहरीको संस्थाप्रति धन्यवाद ज्ञापन गरिन । कार्यक्रममा कवि भरत गुरागाइ (बर्बरिक)ले उत्कृस्ट कविता वाचन गरेर सुनाएका थिए भने गायीका गंगा गोतमले पनि आफुले रचेका गितहरू गाएर मनोरञ्जन दिलाएकी थिइन ।

Comments

सम्बन्धित खवर