
एक अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरबाट २५ जना पक्राउ
- माघ २०, २०८१ मा प्रकाशित

इटहरी । प्रहरीले ललितपुरबाट भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ । एक भारतीय अनलाइन साइटमार्फत् एक अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले शनिबार राति १० भारतीय र १५ जना नेपालीलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२ को घरबाट अनलाइन जुवा खेलाइरहेकालाई पक्राउ गरेको हो । ‘ठूलो रकमको अनलाइन जुवा खेलाएको सूचना आएपछि दुई घरमा छापा मारेर संलग्नहरूलाई पक्राउ गरिएको हो,’ कार्यालयका एक अधिकृतले भने, ‘अहिले विस्तृत विवरण आइसकेको छैन ।’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नयाँ प्रमुखको रुपमा एसएसपी रमेशकुमार बस्नेतले शुक्रबार कार्यभार सम्हालेका थिए । उनले कार्यभार सम्हालेपछि कार्यालयले गरेको यो पहिलो ठूलो ‘अपरेशन’ हो । ती अधिकृतले कोठा भाडामा लिएर अनलाइन जुवा खेलाइएको बताएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments