
सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति
- माघ २०, २०८१ मा प्रकाशित

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा क्षति पुर्याएको छ । पछिल्लो २५ दिनमा आगलागीबाट १२ र हावाहुरीले १७ गरी २९ स्थानको भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत पुस २३ गतेदेखि माघ १९ गतेसम्म विभिन्न स्थानमा आगलागी तथा हावाहुरीका घटनाहरू भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । हावाहुरीका कारण सात वटा घरको छानो उडाएको छ भने एउटा गुम्बा, तीन वटा गोठ, एउटा सरकारी कार्यालय, चार स्थानको सोलार प्यानल र एउटा विद्यालयको छानो उडाएर क्षति भएको छ ।
त्यसैगरी आगलागीका कारण चार वटा घर, एउटा गोठ जलेर नष्ट भएका छन् भने चार वटा सामुदायिक वन र तीन वटा निजी वनमा डढेलो फैलिएको छ । प्रहरीको तथ्याङ्कअनुसार हावाहुरीका घटना खुम्बु पासाङल्हामु गाउँपालिकामा १४ र सोलुदूधकुण्ड नगरपालिकामा तीन वटा भएका छन् । त्यस्तै आगलागीका घटना सोलुदूधकुण्डमा पाँच, सोताङमा तीन वटा, महाकुलुङमा एउटा, माप्यदूधकोसीमा दुई र नेचासल्यानमा एउटा दर्ता भएका छन् ।
सबैभन्दा गम्भीर घटना सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा पुस २४ गते राति भएको थियो । उक्त आगलागीमा परी टाक्सिन्दु निवासी नवराज खालिङ राईको ज्यान गएको प्रहरीले जनाएको छ । सोलुखुम्बुमा पछिल्लो केही दिनयता हावाहुरीले ठूलो क्षति गराइरहेको छ । माघमा चलेको बेमौसमी हावाहुरीका कारण जिल्लाका विभिन्न ठाउँमा संरचनाहरुमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
‘माघ लागेपछि चलेको तीव्र गतिको हावाले जिल्लामा सरकारी संरचनासहित निजी संरचनाहरूमा पनि क्षति पुर्याइरहेको छ । सबैभन्दा बढी क्षति खुम्बुमा गरेको छ, हावाका कारण आगलागी तथा डढेलोको घटनामा पनि त्यतिकै बढेको छ’, उनले भने । हावाहुरीको सबैभन्दा बढी चपेटामा सगरमाथा क्षेत्र परेको छ । जहाँ पछिल्लो पाँच दिनमा १४ वटा संरचनामा क्षति पुर्याएको स्थानीय प्रहरीले जनाएको छ । यसैबीच प्राकृतिक विपद्बाट प्रभावित स्थानीयवासीका लागि तत्काल राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सरोकार भएका निकायहरूले बताएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments