
बिराटनगर मामाघर आएकी बालिकाको शव खेतमा गाडिएको अवस्थामा भेटियाे , हजुरबुवासहित तीन जना पक्राउ
- माघ १८, २०८१ मा प्रकाशित

इटहरी । मोरङको विराटनगरमा गाडिएको अवस्थामा एक १४ वर्षीया बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा हजुरबुबासहित तीन जना पक्राउ परेका छन् ।
भारतबाट एक महिनाअघि विराटनगरस्थित मामाघर आइकी १४ वर्षीया बालिका चाँदनी यादवको शव गाडिएको अवस्थामा भेटिएको हो । विराटनगर महानगरपालिका–५ स्थित कलरवा टोलमा रहेका मामाघरबाट करिब ४० मिटरको दूरीमा खाल्डो खनेर गाडेको अवस्थामा प्रहरीले शुक्रबार उनको शव फेला पारेको हो ।
बिहार राज्यको छप्राहकी चाँदनीलाई उनकी आमाले एक महिनाअघि मात्र मामाघरमा ल्याएर छाडेकी थिइन् । पछिल्लो केही दिनयता उनलाई नदेखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सोधखोजका क्रममा मामाघरका हजुरबुवा सर्जु मण्डलले घर फर्किएको बताए पनि भारतबाट बुवाआमाले मामाघरमै रहेको जानकारी दिएपछि प्रहरीले सुक्ष्म अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा घर पछाडि नयाँ माटो देखेको र खन्दै जाँदा उनको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ । उनको केही दिनअघि नै हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चाँदनीका मामाघरका हजुरबुवा सर्जु मण्डल, मामा र माइजुलाई नियन्त्रणमा लिएको छ । यद्यपि उनीहरुले अपराध आफूहरुले नगरेको प्रारम्भिक बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments