•  ९ चैत्र २०८१
  •  5:51:46 PM

इटहरीमा प्रथम डिभिएम कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने

- माघ १३, २०८१ मा प्रकाशित



इटहरी । सुनसरीकाे इटहरीस्थित नेपाल दयानन्द वैदिक मिसन ग्लाेवल एकेडेमी (DVM)स्कुलले अागामी माघ १८ गते देखि प्रथम (DVM)कप अन्तर विद्यालय क्रिकेट प्रतियाेगिता गर्ने भएकाे छ । बिद्यालयकाे खेल मैदानमा अायाेजना हुने प्रतियाेगिता बारे अाइतबार पत्रकार सम्मेलन गरि विभिन्न विषयमा जानकारी गराइयाे । अन्तराष्टिय स्तरमा ख्याती कमाइसकेकाे खेल क्रिकेटकाे स्थानिय स्तरमा प्रवर्दन गर्न (DVM)स्कुलले पहिलाे पटक अन्तर बिद्यालय क्रिकेट प्रतियाेगिता गर्ने भएकाे पत्रकार सममेलनमा जानकारी दिइयाे ।

स्थानिय तह देखि बिद्यालय स्तरमा क्रिकेटकाे माह अत्याधिक रहेपनि खेल्ने अवसर नपाएका बिद्यार्थीहरूकाे मनाेभावना बुज्दै पहिलाे पटक याे खेल अायाेजना गर्न लागिएकाे जनाइएकाे छ । बिद्यालय स्तरबाट क्रिकेटकाे दक्ष खेलाडी उत्पादन गर्न याे प्रतियाेगिताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने अपेक्षा लिइएकाे छ , विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सर्वाङ्गिण विकाशको लागि पनि याे खेलले निकै महत्वपुर्ण भुमिका निर्वाह गर्ने DVM स्कुलका प्राचार्य वेणु सिटाैलाले बताए ।

माघ १८ देखि सुरू हुने क्रिकेट प्रतियाेगिता अन्तरगत अहिले सम्म सुनसरी र माेरङ गरे ३५ वटा बिद्यालयहरूले नाम दर्ता गराइसकेकाे र संख्या बढेर ४५ सम्म पुग्ने पत्रकार सम्मेलनमा बताइएकाे छ । खेलमा बिजेता हुने बिद्यालयलाइ नगद रू २५ हजार , ट्रफि ,मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने उपबिजेता हुने बिद्यालयलाइ १५ हजार नगद , ट्रफि ,मेडल र पमाण पत्र प्रदान गरिने जनाइएकाे छ ।

साथै प्रतियाेगिताले बिद्यालय स्तरमा पनि क्रिकेटकाे माेह बढाउने र भविस्यमा दक्ष खेलाडी उत्पादन गर्न सकिने अपेक्षा गरिएकाे छ । प्रतियाेगितामा सुनसरी र माेरङका सामुदायिक तथा निजि बिद्यालयमा अध्ययन्नरत कक्षा १० सम्मका बिद्याथीहरूले मात्र सहभागिता जनाउन पाउने प्रावधान रहेकाे जनाइएकाे छ ।
पत्रकार सम्मेलनमा स्कुलका उपाध्यक्ष इश्वरी पराजुली , सञ्चालक सदस्य निलम चाैलागाइ ,सह प्राचार्य नारायण सुवेदि , प्रशिक्षक क्षितिज दाहाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Comments

सम्बन्धित खवर