•  ९ चैत्र २०८१
  •  1:29:05 AM

प्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा सर्वसम्मत

- माघ १३, २०८१ मा प्रकाशित



इटहरी । प्रेस चौतारी नेपाल मोरङको नवौं जिल्ला अधिवेशनले चिना थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । खुला उपाध्यक्षमा शशोक पौडेल र समावेशी उपाध्यक्षमा रञ्जना अधिकारी चुनिएका छन् ।

यस्तै सचिवमा नवराज भट्टराई, खुला सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुण्यप्रसाद अधिकारी चुनिएका छन् । सदस्यहरूमा विसान्त ढुंगाना, विशाल भण्डारी, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, शिशिर राई, शिवकिशोर परिहसब, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोम दाहाल, कुलदीप बास्तोला, विवेक खतिवडा र सुमता भट्टराई निर्वाचित भए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका अधिवेशनको उद्घाटन समारोहमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

Comments

सम्बन्धित खवर