•  ९ चैत्र २०८१
  •  10:05:39 PM

पाथीभरा केबलकाराको विरोध गर्नेमाथि प्रहरीले चलायो गोली, दुई जना घाइते

- माघ १३, २०८१ मा प्रकाशित



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा बन्न लागेको केबलकारको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ माथि प्रहरीले गोली चलाउदा दुई जना घाइते भएका छन । शनिबार बेलुकी प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । गोली लागेर यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाइते भएका हुन् । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गोली लागेका एक जनालाई केही अघि र अर्का एकको भर्खरै अस्पताल ल्याइएको जानकारी दिए । उनका अनुसार पाथीभरा क्षेत्रको बलुडाडा आसपास सुरक्षाकर्मी र केबलकार विरोधी पक्षबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो । उनका अनुसार पाथीभरा क्षेत्रको बलुडाडा आसपास सुरक्षाकर्मी र केबलकार विरोधी पक्षबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच भएको झडपमा दुवै तर्फका गरी कम्तिमा १८ जना घाइते भएका छन्। सुरक्षाकर्मीतर्फ १३ र केबलकार निर्माणको विरोध गरिरहेको समूहका ५ जना घाइते भएको जिल्लास्थित सुरक्षा निकायले जनाएको छ।

‘उनीहरू माथि थिए, माथिबाट गुलेली र ढुंगा प्रहार भएपछि सुरक्षाकर्मीबाट फायरिङ भएको हो,’ सीडीओ शर्माले भने, ‘दुई जना घाइते छन् ।’ त्यसक्षेत्रमा शनिबार दिनभर नै झडप भयो । त्यसक्रममा पहिचान पक्षधर सुमन लावती घाइते भएका थिए । ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेपछि तनावको अवस्था उत्पन्न भएको हो ।

Comments

सम्बन्धित खवर