
कोशीका कानुनमन्त्री भण्डारीसँग अल्टिट्युड क्लबको अन्तरक्रिया : फागुन ९ देखि दोस्रो अल्टिट्युड रनिङ कप फुटबल हुने
- माघ ८, २०८१ मा प्रकाशित

इटहरी। सुनसरीको इटहरीमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीसँग अल्टिट्युड क्लबले शान्ति सुरक्षा सम्बन्धी एक दिने अन्तरक्रिया तथा दोस्रो अल्टिट्युड रनिङ कप फुटबल सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न गरेको छ।
कोशी प्रदेशमा पछिल्लो समय लागुऔषध दुर्व्यसन बढेको र संगसंगै सवारी दुर्घटनाहरू पनि बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री भण्डारीले तीनै तहका सरकार र सम्बन्धित सुरक्षा निकायहरूले यसबारे चासो राख्नुपर्ने सुझाव दिए।
उनले सडक दुर्घटना न्यूनीकरण र लागुऔषध निर्मूलिकरणतर्फ यही फागुन १ गतेदेखि कोशी सरकारले बेग्लाबेग्लै कार्ययोजना बनाएर त्यसलाई कडाइका साथ पालना गराउने बताए। साथै, अल्टिट्युड क्लबले खेलको माध्यमबाट समाजमा पुर्याएको योगदानको पनि खुलेरै प्रशंसा गरे।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिना, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी लक्ष्मी भण्डारी लगायत इटहरीका सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति थियो।
यसैबीच, इटहरीस्थित अल्टिट्युड क्लबले आगामी फागुन ९ गतेदेखि दोस्रो अल्टिट्युड रनिङ कप खुल्ला फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ। नौ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा ११ वटा टोलीले भाग लिने आयोजकले जनाएको छ।
खेलसँगै स्थानीय स्तरका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष पिताम्बर तिम्सिनाले बताए।
प्रतियोगिता रामधुनी नगरपालिका–७, पञ्चायनको खेल मैदानमा हुने छ। सहभागी टोलीमध्ये विजेताले नगद २ लाख २२ हजार २२२ रुपैयाँ, १५ तोला चाँदीको शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता समूहले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन्। कार्यक्रम क्लबका अध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा भएको थियो भने उपाध्यक्ष शुभद्रा प्याकुरेलले स्वागत मन्तव्य राखेकी थिइन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments