•  ९ चैत्र २०८१
  •  10:32:18 PM

सामाजिक अभियान्ता आशिका तामाङ पक्राउ !!…

- माघ २, २०८१ मा प्रकाशित



इटहरी । सामाजिक अभियान्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरी उनलाई आज (बुधबार) दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको बताइएको छ । तामाङलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको थियो । प्रहरी वृत्त गौशालाबाट उनीमाथि अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित खवर