
विपक्षी ६ दलको बैठक : तत्काल संसद बोलाउन दबाब दिने
- माघ २, २०८१ मा प्रकाशित

इटहरी । विपक्षी ६ दलको वैठकले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो ।बैठकमा चार विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिएका छन् । सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरिरहेकाले तत्काल सदन बोलाउन दबाब दिने निर्णय भएको उनले बताए ।
‘सरकारलाई सदन बोलाउन दबाब दिने विषयमा छलफल भयो। सरकारले विपक्षी दलहरूको आवाजलाई नसुन्ने हो भने विशेष अधिवेशनसमेत माग गर्नुपर्ने हुन सक्छ । हामीले यही विषयमा छलफल गरेका छौं,’ उनले भने । संसद छलेर सरकारले अध्यादेश ल्याएको विषयमा पनि बैठकमा छलफल भएको उनले बताए ।
‘संसद अधिवेशन नबोलाउने तर अध्यादेशबाट शासन चलाउन खोज्ने सरकारको कार्यशैलीप्रति सबै विपक्षी दलको आपत्ति नै रह्यो,’ उनले सुनाए । यस्तै सदनमा विचाराधीन विधेयक पनि अध्यादेशका रूपमा जारी भएको बताउँदै यसलाई बैठकले गैरसंवैधानिक ठहर गरेको उनको भनाइ छ । ‘यी विषयमा हामीले घनिभूत छलफल गरेका छौं, हाम्रो साझा धारणा बिहीबार प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्नेछौं । त्यसका लागि बिहीबार नै पत्रकार सम्मेलन पनि आयोजना गरिएको छ,’ उनले भने ।
बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राप्रपा, आम जनता पार्टीलगायत दलहरूका शीर्ष नेताहरू सहभागी थिए । बैठकमा प्रचण्ड, रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलगायत नेताहरूबीच कुराकानी भएको हो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments