
काेशीका मुख्य मन्त्री कार्कीले दिए माघे सङ्क्रान्तिकाे शुभकामना : चाड पर्वले सांस्कृतिक एकतालाई बलियो बनाउँछ
- माघ १, २०८१ मा प्रकाशित
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माघे सङ्क्रान्ति र माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गरी सामाजिक र सांस्कृतिक एकतालाई बलियो बनाउने बताएका छन् ।
आज माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुधार्मिक र विविधतायुक्त समाजलाई एकतामा बाँध्ने बताए ।
उनले भने, ‘तराई हिमाल, पहाड र तराई सबै भूगोलमा बस्ने जातजातिबिच एकता बढाउँदै यो पर्वले संवृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।’
कोशी प्रदेश सरकार सबै धर्म संस्कृति र पहिचानको सम्मान गर्दै संरक्षण गर्न प्रतिबद्ध भएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
माघे सङ्क्रान्तिकै दिन पर्ने माघी पर्वले हाम्रो संस्कृतिलाई संवृद्ध बनाएको समेत शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्कीले मौलिक परम्पराको संरक्षण गर्दै हाम्रो संस्कृति, भाषा र संस्कृतिलाई बलियो बनाउनुपर्ने आवश्यकता समेत औँल्याए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments