•  ९ चैत्र २०८१
  •  9:31:53 AM

सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

- पुष २३, २०८१ मा प्रकाशित



काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट सीआइबीको टोलीले छापा हानेर ५३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट ८५ वटा ल्याप्टप ८२ वटा मोबाइल बरामद भएको थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवालगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।

Comments

सम्बन्धित खवर