
भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या ५३ पुग्यो, ६२ घाइते (अपडेट)
- पुष २३, २०८१ मा प्रकाशित

इटहरी । चीनमा आज (मंगलबार) बिहान गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । सरकारी सञ्चारसंस्था सिन्हवाका अनुसार ६२ जना घाइते भएका छन् । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९ बजेर ५ मिनेटमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको थियो ।
भूकम्पले घरहरु भत्किएका छन् । भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पठाइसकिएको छ । एक हजार पाँच सय बढी उद्धारकर्मी खटाइएको छ । अहिले पनि डिङ्ग्रीमा भूकम्पको पराकम्प गइरहेको बताइएको छ ।
भूकम्पको धक्का नेपालसहितका देशहरुमा गरिएको थियो । अहिलेसम्म चीनबाहेक अन्य देशहरूमा मानविय क्षति भएको जानकारी आइसकेको छैन ।
राजधानी काठमाडौँसहित देशभर नै धक्का महसुस गरिएको थियो । तर पूर्वी नेपालका संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, इलाममा भूकम्पको कडा धक्का महसुस भयो । यसको धक्का नेपालसँगै भारत, बंगलादेश र भुटानमा पनि गरिएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments