
सर्लाहीमा मापसे गरेका वडाध्यक्ष सहितकाे टाेलीले प्रहरीकाे गाडीमा गरे ढुंगा मुढा : पाँच राउण्ड गोली चल्याे
- पुष २१, २०८१ मा प्रकाशित

सर्लाही । मादक पदार्थ सेवन (मापसे) गरेका वडाध्यक्षसहित १५० जनाको समूहले प्रहरीको गाडीमा आक्रमण गरेपछि सर्लाहीमा गोली चलेको छ । सर्लाहीको रामनगर पाउँपालिका–५ का वडाध्यक्ष श्रीनन्दन प्रसाद यादवसहितको समूहले बैजनाथमा प्रहरीमाथि आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । गए राति भएको उक्त घटनामा पाँच राउण्ड गोली चलेको छ ।
मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए । इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख, प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो ।
सो क्रममा वडाध्यक्ष यादव पनि मादक पदार्थ सेवन गरेर आएका मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसपी सुवास बोहोराले जानकारी दिएका छन् । घटनामा केही स्थानीयसहित एक जना प्रहरी घाइते भएका छन् । एसपी बोहराका अनुसार प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments