•  ९ चैत्र २०८१
  •  5:26:09 PM

गौशालाको एक होटलमा युवती मृत फेला

- पुष १८, २०८१ मा प्रकाशित



इटहरी । काठमाडौंको गौशालास्थित एक होटलमा युवती मृत भेटिएकी छन् । काठमाडौं महानगरपालिका–९ पिंगलास्थानस्थित बागमती होटलको कोठा नम्बर ३०८ भित्र एक युवती मृत फेला परेकी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

बुधबार दिउँसो साढे २ बजेसम्म पनि युवतीले होटलको कोठा नखोलेपछि प्रहरीलाई बोलाइएको थियो । मृतक कागेश्वरी मनोहरा नगरपालिका घर भएकी अन्दाजी २३ वर्षीया युवती हुन् । उनको पहिचान प्रहरीले खुलाएको छैन । प्रहरीले घटनास्थलको मुचुल्का गरी पोष्टमर्टमको लागि शव टिचिङ अस्पताल पठाइएको छ । प्रहरीका अनुसार घटना शंकास्पद देखिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित खवर