•  ९ चैत्र २०८१
  •  3:27:22 AM

दक्षिण कोरिया विमान दुर्घटना: ‘चरासँग ठोकिएको थियो जहाज’

- पुष १६, २०८१ मा प्रकाशित



एजेन्सी । हवाई विशेषज्ञहरूले धावनमार्ग (रनवे) नजिकै निर्माण गरिएको ‘असामान्य’ कंक्रिट पर्खाल र दक्षिण कोरियाको विमान दुर्घटनामा यसको भूमिकाबारे प्रश्न उठाएका छन्। आइतबार भएको उक्त दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो।विमान दुर्घटनाको फुटेजमा जेजु एयरको विमानले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पर्खालमा ठोकिएर आगलागी भएको देखिन्छ।

विमान दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका अधिकारीहरूले रनवेको अन्त्यबाट करिब २५० मिटर टाढा कंक्रिटको पर्खाल भएको स्थानबारे अध्ययन हेरिरहेका छन्।वायु सुरक्षा विशेषज्ञ डेभिड लियरमाउन्टले पर्खाल त्यहाँ नभएको भए विमान ‘रोकिने’ र धेरैजसो वा सम्भवतः जहाजमा रहेका सबै बाँच्ने सम्भावना देखिएको बताएका छन्।
पाइलटले विमान चरासँग ठोकिएको र त्यसपछि विपरीत दिशाबाट अवतरण गर्न अनुमति मागिएको बताएका छन्।विमान २८०० मिटरको रनवेमा केही समयपछि ओर्लियो र यो पांग्रा वा अन्य कुनै पनि ल्यान्डिङ गियर प्रयोग नगरी अवतरण भएको देखिन्छ।उड्डयन विशेषज्ञ लियरमाउन्ट भन्छन्, ‘यति धेरै मानिसको मृत्युको कारण अवतरण थिएन। उनीहरूको मृत्युको कारण धावनमार्गको छेउमा रहेको कंक्रिटको पर्खाल थियो।’

जर्मनीको म्युनिखमा रहेको लुफ्थान्सा एयरलाइन्सका पाइलट क्रिस्टियन बेकर्टले कंक्रिटको पर्खाललाई ‘असामान्य’ भने।समाचार एजेन्सी रोयटर्ससँग उनले भनेका छन्, ‘सामान्यतया एयरपोर्टको अन्त्यमा रनवेपछि पर्खाल हुँदैन।’दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार उक्त कंक्रिटको पर्खालमा नेभिगेसन प्रणाली जडान गरिएको थियो जसले विमानलाई अवतरण गर्न मद्दत गर्छ।दक्षिण कोरियाको यातायात मन्त्रालयले के भन्यो?

Comments

सम्बन्धित खवर