
खाेटाङमा १३ वर्षीया बालिकालाई जबर्जस्ती घरमा भित्र्याउने २८ वर्षका युवक पक्राउ, विवाहको चाँजापाँजो मिलाइदिने महिला पनि समातिइन्
- पुष १५, २०८१ मा प्रकाशित

इटहरी । खोटाङमा १३ वर्षीया बालिकालाई जबर्जस्ती विवाह गरेर घरमा भित्र्याएकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। युवकसँगै प्रहरीले अर्की एक महिलालाई पनि पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपा निवासी २८ वर्षीय रमेश राई र उनकी आफन्त कमला राई छन्।
कमलाले रमेशसँग बालिकाको विवाहको लागि भूमिका निर्वाह गरेको पाइएको छ। ‘बालिकाका आमाबुवालाई जानकारी नै नदिइ यही पुस ८ गते उनीहरुले बाटोबाटै ती बालिकालाई जबर्जस्ती उठाएर घर लिएर गएका रहेछन्,’ इन्सपेक्टर पोखरेलले भने, ‘पुस ९ गते विधिवत विवाह गरेर बालिकालाई उनीहरुले घरमा भित्र्याएको हाम्रो अनुसन्धानले देखाएको छ।’
उनले पुस १० गते बालिकाको उद्धार गरिएको जानकारी दिए। ‘उद्धारपछि बालिका अहिले अभिभावकको जिम्मामा छिन्,’ पोखरेलले भने। कक्षा ८ मा पढ्दै गरेकी ती बालिकाका अभिभावकको भने यस घटनामा कुनै संलग्नता नपाइएको प्रहरीको भनाई छ। प्रहरीले यही पुस १२ गते बेहुला रमेश र १३ गते कमलालाई पक्राउ गरेको हो। ‘उनीहरुविरुद्ध बालविवाह अन्तर्गतको कसुरमा मुद्दा चलाइएका छाैँ,’ पोखरेलले भने, ‘घटनाको विषयमा थप अनुसन्धान जारी छ।’
बाल विवाह भएको जानकारी पाएपछि खटिएकाे प्रहरीले फरक–फरक समय तथा ठाउँबाट उनीहरुलाई पक्राउ गरेकाे हाे। उनीहरु दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।बालिकालाई युवक (बेहुला)को घरबाट उद्धार गरेर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ विवाहसम्बन्धी कसूरमा बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। विवाह गर्ने व्यक्तिको उमेर २० वर्षभन्दा कम भएको खण्डमा उक्त विवाह स्वतः रद्ध हुने मुलुकी अपराधसंहिताको बालविवाहसम्बन्धी कसूरमा उल्लेख छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments