•  ९ चैत्र २०८१
  •  5:58:34 PM

साउदीबाट आएका एक नेपालीमा मंकीपक्स संक्रमण पुष्टि

- पुष १५, २०८१ मा प्रकाशित



इटहरी । थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी गराए ।

उनले भने, ‘थप एक जनामा पुष्टि भएको सत्य हो । परीक्षणको क्रममा संक्रमण देखिएको छ । संक्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गर्नेछौँ ।’ गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किएको थियो । यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मंकीपक्स संक्रमण पुष्टि भएको थियो ।

मंकीपक्सको संक्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ । यो रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा, बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, र्‍याल, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।

Comments

सम्बन्धित खवर