
कांग्रेसभित्र सभापतिबाटै गुट फस्टाउने काम भयो : शेखर कोइराला
- पुष ८, २०८१ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र सभापतिबाटै गुट फस्टाउने काम भएको आरोप लगाएका छन् । कृष्णप्रसाद भट्टराईको १०१ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
नेता कोइरालाले भने, ‘अहिलेको आदरणीय सभापति देउवा किसुनजीको अनुयायी हो । गुटलाई फस्टाइ दिने काम नै उहाँले गरिसकेपछि अनि अफ्ठ्यारो परिस्थिति सिर्जना हुँदोरहेछ । अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ । त्यो राजनीतिक परिस्थिति किसुनजीहरू भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ । बीपी, गणेशमान र अरु नेताहरू भएको भए के गर्नु हुन्थ्यो ।’
आफूलाई भागबण्डामा लागेको आरोप लागे पनि पार्टी सभापतिले सबै नेताहरूको कुरा नसुनेपछि बाध्य हुन परेको जिकिर गरे । नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई लक्ष्य गर्दै केही कुरा नसुन्ने हो भने अप्ठेरो पर्ने बताए । ‘अहिले पार्टीमा विचलन छ, हामीले स्वीकार्नु पर्छ । शेखर पनि भागबण्डामा लागेको कुरा यहाँ आयो, ६०–४० को भागबण्डा । भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि !’ ‘सभापतिले केही पनि सुन्दै नसुन्ने हो भने अप्ठेरोमा पर्छ । राजनीति गर्नेहरूलाई अप्ठेरो पर्छ, यो हामीले बुझ्न जरूरी छ ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments