
वराहक्षेत्रबाट ९७ केजी गाँजा बरामद
- पुष ८, २०८१ मा प्रकाशित

इटहरी । वराहक्षेत्र नगरपालिका क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार वराहक्षेत्र नगरपालिका-१ को पटनाली खोलाबाट ९७ केजी गाँजा बरामद गरिएको हो।
सशस्त्र प्रहरीको गस्ती टोलीले पटनाली खोलाको उत्तरतर्फबाट दक्षिणतर्फ चतरा-धरान सडक खण्डतर्फ जाँदै गरेका अपरिचित व्यक्तिहरूले बोकेको झोलाबाट उक्त गाँजा फेला पारेको हो। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराको टोलीले गाँजा बरामद गरेपछि गाँजा बोक्ने व्यक्ति भने फरार भएका छन्।
सशस्त्र प्रहरीले गाँजा बरामद गरी नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया सुरु गरेको छ। बरामद गरिएको गाँजा प्रतिबन्धित लागूऔषधको सूचीमा पर्ने वनस्पति जस्तो देखिएको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ। फरार व्यक्तिको पहिचान र पक्राउका लागि अनुसन्धान जारी रहेको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments