
एनपीएल : कर्णालीलाई हराउँदै सुदूरपश्चिम शीर्ष स्थानमा
- पुष १, २०८१ मा प्रकाशित

इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको छ। कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३८, सैफ जेव ११, विनोद भण्डारी ४, ब्राण्डन म्याकमुलेन तीन रन बनाएर आउट भए । कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान एकऔएक विकेट लिए । टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।
कर्णालीका लागि जिसन मक्सुद ३०, विलियम बसिस्टो १६, बाबर हायात १३, चाडविक वाल्टनज ११, सोमपाल कामी ११, देव खनाल सात, गुलशन झा दुई, विपिन शर्मा, नन्दन यादव र रित गौतम शून्यमा आउट भएका थिए । सुदूरपश्चिमका लागि हर्मित सिंह तीन, स्कट कुगेलेइन दुई, सैफ जेव र कप्तान ऐरीले समान एकऔएक विकेट लिएका थिए । ७ खेलमा ६ जितसँगै सुदूरपश्चिम लिगको अंक तालिकामा शीर्ष स्थान कायम गर्न सफल भयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments