
एनपीएलमा आज ‘ब्रेक’ : मंगलबार दुई खेल हुँदै
- मंसिर २४, २०८१ मा प्रकाशित

इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (सोमबार) कुनै पनि खेल राखिएको छैन । मंगलबार भने दुई खेल हुँदैछन् । मंगलबार बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् । चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा छ । चार खेल खेलिसकेको लुम्बिनी जितबिहीन हुँदा खाता खोल्न सकेको छैन ।
मंगलबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन् । चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ । कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ ।
एनपीएल अन्तर्गतका १५ वटा खेल सकिँदा चार खेलमा अपराजित जनकपुर आठ अंकसहित शीर्ष स्थानमा छ । सुदूरपश्चिम र चितवनको समान ६ अंक भए पनि रनरेटका आधारमा अंक तालिकामा सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा छन् । चारमा दुई खेल जितेको कर्णाली चौथो स्थानमा छ भने एकएक खेल जितेका पोखरा, काठमाडौं र विराटनगर क्रमशः पाँचौ, छैटौ र सातौं स्थानमा छन् । तालिकाको पुछारमा रहेको लुम्बिनी भने चार खेल खेलिसक्दा समेत अंकबिहीन छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments