साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाल आइन् साम्बा
- कार्तिक ५, २०८१ मा प्रकाशित
इटहरी । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा साफ महिला च्याम्पियनसिपका लागि स्वदेश आइपुगेकी छिन्। साम्बा आइतबार मध्यराति नेपाल आइपुगेकी हुन्। व्यवसायिक लिगका लागि फ्रान्सको शीर्ष डिभिजन क्लब एन अभान्टा गुएङ्ग्याम्पमा आवद्ध साम्बा राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गर्न स्वदेश फर्किएकी हुन्।साम्बाको क्लबले नयाँ सिजनमा पहिलो जित दर्ता गर्दा उनले क्लबका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन्।
साम्बा सम्भवत: आज सोमबार हुने माल्दिभ्सविरुद्धको खेलमा मैदान उत्रनेछिन्। च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो। जुन साफ इतिहासमा भुटानविरुद्ध नेपालको खराब प्रर्दशन हो। अघिल्ला खेलहरुमा भुटानलाई सहजै हराउँदै आएको नेपाल पहिलो पटक गोलरहित बराबरीमा रोकिएको थियो। भुटानविरुद्धको खेलमा साम्बाको अभाव पूर्णरुपमा देखिएको थियो।
सम्बन्धित खवर
-
ताजा मंसिर १८, २०८१रविलाई काठमाााडाै पछिि चितवन ल्याइयााे , सुरक्षा व्यवस्था बनााइयाे कडा
-
ताजा मंसिर १७, २०८१एमाले कोशी प्रदेशको प्रमुख सचेतकमा संखुवासभाका बिदुर लिङ्थेप
-
ताजा मंसिर १७, २०८१इटहरीका रेवती रमण भण्डारी कोशी सरकारकाे कानुन मन्त्रीमा नियुक्त : लिए शपथ
-
ताजा मंसिर १७, २०८१हिजो घटेको सुनको मूल्यमा आज थप गिरावट, चाँदी पनि सस्तियो
-
ताजा मंसिर १७, २०८१ओखलढुंगाकाे मोलुङ ५ मा कांग्रेसकाे पक्का भइसकेकाे जित एमालेले खाेस्याे , गंगाबहादुरले मारे बाजी
Comments