पावर प्लेमा अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट प्रर्दशन
- कार्तिक २, २०८१ मा प्रकाशित
इटहरी । अमेरिकाविरुद्धको पहिलो टी–२० आई क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पावर प्लेमा उत्कृष्ट प्रर्दशन गरेको छ। अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले पावर प्लेमा १ विकेट गुमाएको छ। नेपालले ६ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ५० रन बनाएको छ। पहिलो विकेटका लागि ओपनर आशिफ शेख र अनिल शाहले ४८ रनको साझेदारी गरे।
ओपनर अनिल शाह २७ रन बनाउँदा अलि खानको बलमा एलबीडब्लु धरापमा परे। १८ बलमा २ चौका र १ छक्का हानेका अनिल २७ रन बनाउँदा पेभेलियन फर्के। तेस्रो नम्बरमा कुशल भुर्तेल आएका छन्। ओपनर आशिफ १४ र कुशल २ रनमा अविजित छन्। अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग ३ खेलको टी–२० सिरिज खेल्नेछ। त्यसपछि आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्नेछ तालिका छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments