
दसैँपछि सेयरबजारमा उत्साह, नेप्से सूचक ३१ अंकले बढ्दा यी कम्पनीका मूल्य उच्च वृद्धि
- आश्विन २९, २०८१ मा प्रकाशित

इटहरी । दसैँ पछिको पहिलो कारोबार दिन मंगलबार बजार हरियाली बनेको छ। मंगलबार सेयरबजार परिसूचक नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ प्रतिशतमा पुगेको हो।कारोबार सुरु भएबाटै बढेको नेप्सेले आज दिनभर जसो निरन्तरता पाएको थियो।बजार बढेको मौका छोपेर आज २०५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ३२ वटा कम्पनीको मात्रै मूल्य घटेको छ।यो दिन उत्पादन तथा प्रशोधन बाहेकका सबै समूहको सूचक बढेर हरियो बन्दा त्यसको प्रभाव कम्पनीको मूल्यमा देखिएको हो।
मंगलबार जानकी फाइनान्स र मिथिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको बृद्धि सहित सकारात्मक सर्किट लाग्यो भने मल्टीप्रपोज फाइनान्सको मूल्य पनि ९।३२ प्रतिशतको बृद्धि सहित सर्किट लेबलमै बढ्न पुग्यो।यता घट्नेमा भने मिड सोलु हाइड्रो अगाडि देखिएको छ। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको गिरावट सँगै नकारात्मक सर्किट लागेको हो।यो बाहेक आज युनाइटेड मोदी हाइड्रो, युनिलिभर नेपाल र सामुदायिक लघुवित्त सेयरमूल्य घट्ने कम्पनीहरुमा अगाडि देखिएका छन्।
दसैँ पछि खुलेको बजारमा सूचकमा बृद्धि देखिएपनि कारोबारमा भने लगानीकर्ता उति सक्रिय देखिएनन्। दशौ नसकिएकै कारण लगानीकर्ता बजारमा सक्रिय बन्न नसक्दा आज ३ अर्ब रुपैयाँको मात्रै सेयर कारोबार भएको हो। दसैँ अगाडिसम्म औषतमा ५ अर्बमाथिको कारोबार हुँदै आएको थियो।आज ३ अर्ब को कारोबार हुँदा लगानीकर्ताले गुडवील फाइनान्सको सबैभन्दा धेरै सेयर किनबेच गरेका छन्। यो कम्पनीको १८ करोड सेयर खरिदबिक्री गर्दा नेपाल फाइनान्सको ११ करोडको सेयर खरिबिक्री गरेका हुन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments