
१५ प्रतिशतले बढ्यो रेमिट्यान्स, दुई महिनामा साढे २ खर्ब बढी भित्रियो
- आश्विन २९, २०८१ मा प्रकाशित

इटहरी । चालु आर्थिक वर्षको दुई महिनामा नेपाल भित्रिने रेमिट्यान्समा १५.२ प्रतिशतले वृद्धि भएको छ। साउन र भदौ महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो। सो वर्ष १ अर्ब ७३ करोड रहेको रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा यो वर्ष साढे २ खर्ब माथिको रेमिट्यान्स नेपाल भित्रिएको हो।
यस्तै यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर २ खर्ब ८६ अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ५१ अर्ब ६५ करोड रहेको थियो।त्यसो त रेमिट्यान्सको एकमात्र स्रोत रहेको बैदेशिक रोजगारीमा जानेको संख्यमा पनि यो दुई महिनामा बढेको छ।भदौ महिनाको मसान्तसम्मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४ सय ८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५ सय ८३ पुगेको छ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४ सय ५५ र ३२ हजार ४ थियो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments